News

‘आ बाट आमा’ मा मोडल उषा उप्रेती अनुबन्ध

image 14
image 14

निर्देशक चन्द्र पन्तको निर्देशनमा बन्ने तयारीमा रहेको नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ मा मोडल उषा उप्रेती अनुबन्ध भएकी छन्। बुधबार उनलाई फिल्मको मुख्य भूमिकामध्ये एकका लागि अनुबन्ध गरिएको हो। तर, उनले निभाउने भूमिका खुलाइएको छैन।

यसअघि फिल्ममा अभिनेता पल शाह, अभिनेत्री सिमरन पन्त, विपना थापा र दक्षिण भारतीय फिल्मका अभिनेता प्रदीप रावत अनुबन्ध भइसकेका छन्।

आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन भदौबाट सुरु गरिने निर्माण टिमले जनाएको छ। अन्य कलाकार तथा प्राविधिक टिम पनि छिट्टै सार्वजनिक गरिने बताइएको छ।

फिल्मको वितरण अधिकार आरआर फिल्म्सले लिएको छ। निर्माण पक्ष र आरआर फिल्म्सका प्रतिनिधि रोहित कट्टेल र रत्न श्रेष्ठबीच हालै सम्झौता भएको हो।

‘आ बाट आमा’ आउँदो फागुन १५ गते देशभर प्रदर्शनमा आउने तय भएको छ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments