पशुपति दर्शनमा बलिउड स्टार मौनी रोय

image 3

भारतीय अभिनेत्री मौनी रोय हाल काठमाडौं भ्रमणमा रहेकी छन् । प्राप्त तस्बिरहरूमा उनले पशुपतिनाथ मन्दिरको दर्शन गरेको देखिएको छ ।पशुपतिनाथ दर्शनका तस्बिरहरू सामाजिक सञ्जालमा सेयर गर्दै उनले नेपाल रहेको जनाएकी हुन् । ‘पशुपतिनाथ, न सम्मानको मोह, न अपमानको भय’, उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।

उनले चौथो ज्योतिर्लिंगको दर्शन गर्न पाउँदा खुसी व्यक्त गरेकी छन् । हल्का पहेँलो कुर्थामा सजिएकी मौनी आकर्षक देखिएकी छन् । उनको यो काठमाडौं भ्रमण धार्मिक प्रकृतिको देखिन्छ । उनी आफ्ना सहयोगीहरूसहित काठमाडौं आएकी हुन् । मौनीले सन् २००६ मा टेलिभिजन शो ‘क्यूँ कि सास भी कभी बहु थी’ बाट अभिनयमा डेब्यू गरेकी थिइन् ।

सन् २०११–२०१४ मा प्रसारित ‘देवोका देव महादेव’ मा सतीदेवीको भूमिकाले उनलाई चर्चामा ल्याएको थियो । सन् २०१५–२०१७ र २०१८ मा प्रसारित ‘नागिन’ शोले उनलाई भारतभर लोकप्रिय बनायो । सन् २०१८ मा अक्षय कुमार अभिनीत फिल्म ‘गोल्ड’ बाट उनले बलिउडमा डेब्यू गरिन् । सन् २०२२ मा रिलिज भएको आयन मुखर्जीको फिल्म ‘ब्रह्मास्त्र : पार्ट वन’ मा उनले जुनुनको भूमिका निर्वाह गरेकी थिइन् । मौनी एक कुशल कथक नृत्यांगना पनि हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x