Todays Date: २०८३ जेष्ठ १२

आजतकको दाबी: राजेश हमालको सम्पत्ति ४२० करोड

Rajesh hamal

गत सोमबार र मंगलबार भएको जेनजी आन्दोलनको विषयलाई भारतीय मिडियाहरुले निकै प्राथमिकता दिए । नेपालमै आएर समेत भारतीय पत्रकारले रिपोर्टिङ गरे । जेनजीको आन्दोलनपछि भारतीय मिडियाले नेपालका राजनीतिज्ञ, कलाकार, उद्योगपति र खेलाडीहरुको बारेमा विशेष सामग्री तयार पारिरहेका छन् । यसैक्रममा अभिनेता राजेश हमाल पनि चर्चाको विषय बनेका छन् ।

भारतीय मिडिया आजतकले अनलाइन संस्करणमा हमाललाई बलिउडका अमिताभ बच्चनसँग तुलना गर्दै उनलाई ‘सांस्कृतिक आइकन’ भनेको छ । ‘महानायक या सुपरस्टारको नामले परिचित यी अभिनेता नेपाली फिल्म उद्योगको अनुहार मात्र होइनन्, उनी एक ‘सांस्कृतिक आइकन’ पनि हुन्,’ समाचारमा अगाडि भनिएको छ, ‘उनलाई नेपालका अमिताभ बच्चन समेत भन्ने गरिएको छ ।’

हमालले ३ सयभन्दा बढी फिल्ममा काम गरेको उल्लेख गर्दै आजतकले उनको शक्तिशाली डाइलग र स्टाइलिस लुक्सले नेपाली फिल्मलाई नयाँ उचाइँमा पुर्‍याएको जनाएको छ । उनको अध्ययनदेखि फिल्म करिअरको बारेमा पनि विस्तृतमा उल्लेख गरिएको समाचारमा सन् २००६ देखि नेपालमा वर्षेनि १० अक्टोबरका दिन राजेश हमाल डे मनाइन्छ भन्ने झुटो प्रसंग समेत राखिएको छ ।

आजतकले हमालको सम्पत्ति पनि उल्लेख गर्दै भनेको छ, ‘उनको अनुमानित सम्पत्ति ५० मिलियन डलर (करिब ४२० करोड भारु) छ, जुन नेपाली अभिनेताहरुमध्ये सबैभन्दा धेरै हो । उनले नेपाली फिल्मलाई मात्र परिवर्तन गरेनन्, युवा कलाकारहरुलाई पनि प्रेरित गरे । ‘राजेश दाई’को यात्रा अझै जारी छ ।’ आजतकलले यसअघि सन् २०१९ मा पनि उनको बारेमा समाचार लेखेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x