Todays Date: २०८३ जेष्ठ १२

‘बलिदान’ र ‘माइतीघर’ निर्धारित मितिमै, ‘हरि बहादुरको जुत्ता’ के गर्ला ?

540731332 3122969291205770 6372632913193664180 n

देशमा एक सातादेखि देखिएको अनिश्चितता बिस्तारै कम हुँदै गएको छ । नयाँ प्रधानमन्त्रीको नियुक्तिसँगै जनजीवन सामान्य बन्दै गएको छ, र कला क्षेत्रका मानिसहरू पनि सक्रिय हुन थालेका छन् ।

सामाजिक सञ्जालको बन्द र ‘जेन जी’ को आन्दोलनका कारण रोकिएका फिल्महरूको भविष्य अझै अनिश्चित छ । यद्यपि, दशैंको फूलपातिबाट प्रदर्शनमा आउने भन्दै प्रचार भइरहेका फिल्महरू भने निर्धारित मितिमै रिलिज हुने भएका छन् ।

असोज १३ गतेबाट प्रदर्शनमा आउने पक्का भएका फिल्महरू ‘बलिदान’ र ‘माइतीघर’ सोही मितिमा आउने भएका छन् । तर, ‘हरि बहादुरको जुत्ता’ को टिमले भने यसबारे आधिकारिक घोषणा गरेको छैन ।

‘माइतीघर’ का निर्माता रोहित अधिकारीले फिल्म निर्धारित मितिमै रिलिज हुने पुष्टि गर्दै अब ट्रेलर सार्वजनिक गरी प्रचारलाई तीव्रता दिने बताएका छन् । उनले फिल्मको शीर्ष गीतको भिडियो प्रतियोगिता पनि अगाडि बढेको जानकारी दिए ।

यता, ‘बलिदान’ का निर्माता तथा निर्देशक सन्तोष सेनले पनि फिल्म दशैंमै रिलिज हुने बताएका छन् । उनले ‘दशैंमा बलिदान’ भन्दै फिल्मको ट्रेलरले दर्शकको उत्साह बढाउने दाबी गरेका छन् । असोज ३ गतेबाट रिलिजमा आउने पक्का भएको फिल्म ‘जारी २’ को हकमा भने अझै कुनै जानकारी आएको छैन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x