एलिना र रचनाको नाममा फेक आइडी, ठगी गिरोह सक्रिय

eleena chauhan

चर्चित गायिका एलिना चौहान र रचना रिमालले सामाजिक सञ्जालमार्फत आफूहरूको नाम र फोटो दुरुपयोग गरेर फेक आइडी बनाएर ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै सबैलाई सचेत रहन आग्रह गरेका छन् ।

उनीहरूले विशेषगरी जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई सहयोग गर्ने बहानामा पैसा माग्ने कार्य भइरहेको उल्लेख गरेका छन् ।

गायिका रचना रिमालले आफ्नो आधिकारिक फेसबुकमार्फत जानकारी दिँदै भनिन्, “म कहिल्यै कसैसँग पैसा माग्दिनँ, मेरो नाम र फोटो प्रयोग गरेर खोलिएका फेक अकाउन्टबाट पैसा मागिएको छ । कृपया कसैले पनि त्यस्ता व्यक्तिहरूसँग सम्पर्क नगर्नुहोस् ।” उनले फेक आइडी सञ्चालन गर्नेहरूलाई तुरुन्त बन्द गर्न चेतावनी समेत दिएकी छिन् ।

यस्तै, गायिका एलिना चौहानले पनि यस्तै गतिविधि देखिएको भन्दै प्रशंसक र आम सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेकी छिन् ।

हाल यी दुवै गायिका सांगीतिक यात्रामा व्यस्त रहेका बेला फेक अकाउन्टमार्फत क्यूआर कोड पठाएर सहयोग माग्ने कार्य बढेको बताइन्छ । यसले सांगीतिक क्षेत्रका कलाकारहरूको छवि मात्र होइन, आम जनतालाई समेत ठगीमा पार्ने खतरा बढेको भन्दै कलाकारहरूले सम्बन्धित निकायलाई पनि कडाइका साथ निगरानी गर्न आग्रह गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x