नेपाली र भारतीय फिल्मकर्मीको सहकार्यमा ‘मोना लिसा: ब्लडी लभ’ निर्माण हुँदै

monalisa scaled 1

भारतीय र नेपाली फिल्मकर्मी मिलेर नयाँ फिल्म निर्माण ‘मोना लिसा (ब्लड मनी)’ निर्माण हुने भएको छ। दक्षिण भारतीय निर्माताको सहकार्यमा नेपालमै तयार हुन लागेको यो फिल्म बी एण्ड के इन्टरटेन्मेन्ट र अक्स इन्टरनेशनल स्टुडियोजको संयुक्त ब्यानरमा बन्दैछ ।

घटस्थापनाको दिन पारेर सोमबार फिल्म निर्माणको औपचारिक घोषणा गर्दै टाइटल पोस्टर सार्वजनिक गरिएको छ । फिल्मको लेखन तथा निर्देशन किङ योगीले गर्ने भएका छन्।

ठूलो बजेटमा निर्माण हुने भनिएको यस फिल्ममा भारतसहित विभिन्न देशका अनुभवी प्राविधिक टोली संलग्न हुने जानकारी अक्स इन्टरनेशनल स्टुडियोजले दिएको छ। यसअघि ठूला–ठूला अन्तर्राष्ट्रिय फिल्ममा काम गरिसकेका प्राविधिक समूह यसमा संलग्न हुने भएकाले प्राविधिक पक्ष बलियो रहने अपेक्षा गरिएको छ।

हाल फिल्मको प्रारम्भिक तयारीसँगै कलाकार छनोट (कास्टिङ) प्रक्रिया अगाडि बढिरहेको निर्माण पक्षले जनाएको छ। कथा, शैली र भिजुअलमा नवीनपन ल्याउने उद्देश्यसहित निर्माण हुन लागेको यो चलचित्र २०२६ मा विश्वव्यापी रूपमा प्रदर्शन गर्ने योजना रहेको बताइएको छ।

सार्वजनिक गरिएको पहिलो झलक पोस्टरमार्फत फिल्मलाई ‘ब्लडी लभ’ (रगतिलो प्रेम) भन्ने ट्यागलाइन दिइएको छ। यसले फिल्ममा रोमान्स र एक्सनको अनौठो मिश्रण रहने संकेत दिएको छ। प्रेमका लागि कसरी युद्धसम्मको परिस्थिती सिर्जना हुन्छ भन्ने विषयलाई फिल्मले प्रस्तुत गर्ने जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x