Todays Date: २०८२ फाल्गुन ३०

‘पूर्ण बहादुरको सारङ्गी’ फेम अभिनेता विजयलाई पुत्रीलाभ

image 12

अभिनेता विजय बराललाई पुत्रीलाभ भएको छ । उनकी पत्नी तथा अभिनेत्री प्रमिला खनालले आज बिहान बागबजारस्थित मोडल अस्पतालमा सन्तानलाई जन्म दिइन् । यो जोडीको दोस्रो सन्तान हो । यसअघि उनीहरूको एउटा छोरा छन् । नयाँ सन्तान प्राप्तिपछि विजयले फेसबुकमार्फत फोटो सेयर गर्दै प्रशंसकहरूलाई यसबारे जानकारी दिएका छन् ।

फेसबुक पोस्टमा उनले लेखेका छन्, ‘आज जीवनले फेरि एउटा कविता लेखिदियो प्रिय प्रमिला । न्यानो सास, मनमा चलेको बेजोड ढुकढुकि र आमाको थाकेको अनुहारबीच जन्मिएको फेरि एउटा नयाँ संसार । परिवारमा सदस्यको रूपमा लक्ष्मीको आगमन भएको सुखद जानकारी गराउन चाहेँ । धन्यवाद ममी डा. अरुणा कार्की एण्ड टिम।’

विजय अहिले रामकृष्ण ढकालले निर्माण गरिरहेको फिल्म ‘मालती मङ्गल’मा व्यस्त छन् । दशैं लगत्तै मुस्ताङमा ‘कबड्डी ५’को छायांकन सुरु हुनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x