Todays Date: २०८२ फाल्गुन ३०

फूलपातीमा रिलिज हुने ३ नेपाली फिल्मलाई हलले कति दिए शो ?

image 15

दसैं फूलपातीको अवसर पारेर असोजको १३ गतेबाट तीन नेपाली फिल्म ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ एकसाथ प्रदर्शनमा आउँदैछन् ।

यी तीन फिल्मको लागि देशभरका अधिकांश मल्टिप्लेक्सहरूले अग्रिम टिकट बुकिङ खुलाइसकेका छन् ।

मल्टिप्लेक्सहरूमा बिहान ५ः३० देखि मध्यरात ११ः५५ बजेसम्म शोहरू राखिएका छन् । यी फिल्मले अहिलेसम्म ३ सय ६२ शोज पाएका छन् ।

जसमध्ये, ‘बलिदान’लाई १ सय ६० भन्दा बढी शोज मिलेको अवस्था छ । ‘माइतीघर र हरि बहादुरको जुत्ता’लाई १–१ सय शोज मिलेको छ । अझै, पनि थुप्रै हलमा शोज खुल्न बाँकी रहेकाले तीनै वटा फिल्मको शोज बढ्ने देखिएको छ ।

‘माइतीघर र हरि बहादुरको जुत्ता’लाई बिहान सवा ५ र साढे ५ बजेको शो समेत दिइएको छ । यता, ‘बलिदान’लाई केही हलमा रातको ११ः५५ सम्मको शोज दिइएको छ । यसरी हेर्दा, यो वर्षको दशैं नेपाली फिल्ममय हुने प्रष्ट देखिन्छ ।

मिलन तामाङको निर्देशनमा तयार भएको ‘माइतीघर’ पूर्ण रुपमा पारिवारिक कथामा बनेको फिल्म हो । रोहित अधिकारीको निर्माणमा तयार भएको यो फिल्ममा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा लगायतका कलाकारहरूको अभिनय छ । गीतसंगीत र ट्रेलरका कारण यो फिल्म चर्चामा छ ।

यता, सन्तोष सेनको निर्देशनमा तयार भएको फिल्म ‘बलिदान’ निर्माण घोषणादेखि नै चर्चामा छ । नायक समीर भट्टको एक्सन र उनको अभिनय रहेका कारण पनि फिल्मले चर्चा पाएको हो । फिल्मको ट्रेलर सार्वजनिक भएपछि यसको चर्चा अझै चुलिएको छ । राष्ट्रप्रेमले भरिएको यो फिल्मलाई दर्शकले प्रतीक्षा गरिरहेका छन् ।

दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको फिल्म ‘हरि बहादुरको जुत्ता’को गीतसंगीत र ट्रेलर पनि रुचाइएको छ । हरिवंश आचार्यको कमेडीलाई दर्शकले रुचाउने विश्वास गरिएको छ । साथमा, राजनीतिक कथावस्तु रहेकाले पनि यो फिल्म आम दर्शकको रोजाइमा पर्न सक्छ ।

यी तीन फिल्मले देशभर करिब ५ सय शोज पाउने संभावना देखिएको छ । यसरी हेर्दा, तीन फिल्मको ओपनिङ ३ करोड भन्दा माथिको हुन आवश्यक छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x