Todays Date: २०८२ माघ २८

वर्ड अफ माउथ : तेश्रो नम्बरबाट सर्वाधिक शो पाउने बन्याे ‘हरिबहादुरको जुत्ता’

haribahadur

दशैँको फूलपाती अर्थात् असोज १३ गतेबाट रिलिज भएको फिल्म ‘हरिबहादुरको जुत्ता’ लाई दर्शकको राम्रो साथ मिलेको छ । वर्ड अफ माउथ बलियो पाएको फिल्म रिलिजको सुरुवाती दिन देखि नै अधिकांश शो हाउसफुलका साथ प्रदर्शन भैरहेको छ ।

तीन नेपाली फिल्म एकसाथ् रिलिज भएको समयमा कम शो पाउने फिल्ममा ‘हरिबहादुरको जुत्ता’ परेको थियो। सँगै रिलिज भएका दुई फिल्म ‘बलिदान’ र ‘माइतीघर’ले क्रमशः २४४ र १४४ शो पाउँदा हरिबहादुरको जुत्ताले १३४ शो मात्र पाएको थियो। तर रिलिजको ७ औं दिन आइपुग्दा तीन नेपाली फिल्ममा सर्वाधिक शो पाउने फिल्म बनेको छ।

आइतबार हलहरुले ११७ शो दिएका छन् । सँगै रिलिज भएका ‘बलिदान’ र ‘माइतीघर’ ले क्रमश १०७ र ७७ शो पाएका छन्। अधिकाश हलले सुरुवाती दिनमा सानो सिट क्षमताका सिट दिएका थिए भने अहिले ठुलो सिट क्षमताका हलमा फिल्म सारेका छन्।

दिपेन्द्र के खनाल निर्देशित फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका छन्। कृष्ण बहादुर थापाले खिचेको चलचित्रलाई नकुल खड्काले सम्पादन गरेका छन्। वसन्त सापकोटा, दिपक शर्मा र प्रकास सपुतको संगीत रहेको चलचित्रमा आशिस अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x