Todays Date: २०८२ माघ २८

पूजा शर्माको करियरकै पहिलो आइटम डान्स

pooja sharma 2

आगामी फागुन १ गतेबाट रिलिज हुने फिल्म ‘कल्ली’ चोभारमा एउटा गीतको छायांकन पुरा भएसँगै फिल्मको सम्पूर्ण छायांकन सकिएको छ । नायिका पूजा शर्माको आइटम डान्स २ दिन लगाएर खिच्दै फिल्मको छायांकन ६० दिनमा प्याकअप भएको निर्माता किरण नेपालीले जानकारी दिए । यो फिल्मको छायांकन जुम्लामा गरिएको हो ।

पूजाले ‘क्या राम्री’ बोलको गीतमा नृत्य गरेकी हुन् । आशिष अविरलको संगीतमा तयार भएको गीतमा रामजी लामिछानेले कोरियोग्राफी, आशिष अविरल र मेलिना राईकोको स्वर तथा सुरेन्द्र रानाको शब्द छ । पुजाले करिअरमै पहिलो पटक आइटम डान्स गरेको खुलाइन् । भिडियोमा पूजाको साथमा नायक उत्तम प्रधान, किरण श्रेष्ठ र कलाकार सुलक्षण भारतीले नृत्य गरेका छन् ।

लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा तयार भएको यो फिल्ममा लक्ष्मण सुनारको कथा र निर्देशन, महेश दवाडीको लेखन छ । फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, सुलक्षण भारती, नाजिर हुसेन, वर्षा राउत, बेगम नेपाली, बिनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा, गीता अधिकारी, कुल बहादुर अधिकारी, सरस्वती खत्री, श्याम मगरको मुख्य भूमिका छ । यस्तै, यो फिल्ममा उपेश ढकाल, मञ्जिला बाँनिया र समर्पण खतिवडा बाल–कलाकारको भूमिकामा छन् ।

निसाल पौडेलको डीओपी रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन, आशिष अविरल, सरित राई र केतन क्षेत्रीको संगीत रहेको फिल्मका निर्माण प्रमुख सुरज आचार्य हुन् । फिल्मले देवता र राक्षसको कथा भन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x