Todays Date: २०८२ माघ २८

तेरियाको डेब्यु फिल्म ‘मितज्यू’को छायांकन सुरु

mityu

‘घरज्वाइँ’ समूहको नयाँ फिल्म ‘मितज्यू’को छायांकन सुरु गरिएको छ । शुक्रबार वसन्त पञ्चमी (सरस्वती पूजा)को अवसर पारेर दाङ जिल्लाको घोराही उपमहानगरपालिकास्थित अम्बिकेश्वरी मन्दिरमा शुभ मुहूर्त गरेसँगै फिल्मको छायांकन सुरु भएको हो । निर्माता जनक घर्ती मगरका अनुसार फिल्मको छायांकन दाङपछि रोल्पा जिल्लामा गरिनेछ ।

अनिल बुढा मगरको निर्देशनमा बन्ने फिल्ममा दयाहाङ राई, सौगात मल्ल, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, खड्गबहादुर पुन मगर (खबपु), उमेश सोनाम, पवित्रा खड्का लगायतको अभिनय रहनेछ । यही फिल्मबाट चर्चित डान्सर तेरिया फौजा मगरले डेब्यु गर्दैछिन् ।

गणतन्त्र दिवसको दिन पारेर जेठ १५ गतेबाट प्रदर्शन हुने यस फिल्मलाई शिशिर शिशंखेलले छायांकन गर्नेछन् भने लोकेश बज्राचार्यको सम्पादन, प्रभात विष्टको द्वन्द्व निर्देशन र श्रीकृष्ण बम मल्लको संगीत रहनेछ । मित संस्कृतिको कथामा आधारित भएर बन्न लागेको फिल्ममा दयाहाङ र सौगात मितको भूमिकामा देखिने जनाइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x