Todays Date: २०८२ माघ २८

‘श्री बुकुरो’को गीत ‘घर मेरो सानो बुकुरो’ रिलिज

image 2

आगामी फागुन १ गते महाशिवरात्रिको छेको पारेर प्रदर्शनमा आउने फिल्म ‘श्री बुकुरोः द होम कलिङ’को पहिलो गीत सार्वजनिक गरिएको छ । शुक्रबार बसन्त पञ्चमीको अवसर पारेर सार्वजनिक गरिएको गीत निर्माण कम्पनी फिल्म रेञ्जको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको हो ।

‘घर मेरो सानो बुकुरो’ बोलको गीतमा फिल्मका निर्देशक निर्देशक सुदीप भुपाल सिंहको शब्द, रञ्जित गजमेरको संगीत र शिव परियारको स्वर छ । सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार आर्शिवाद क्षेत्री र लक्ष्मी गिरी सहरबाट गाउँ फर्किने क्रमको यात्राका विभिन्न उतार चढावलाई प्रस्तुत गरिएको छ ।

फिल्मबाट निर्देशक सुदीप भुपाल सिंह ७ बर्षपछि निर्देशन फर्किएका हुन् । यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’को निर्देशन गरेका थिए । फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको फिल्ममा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्माको अभिनय छ । निर्देशक सिंह स्वयंको लेखन रहेको फिल्मलाई रुबी सेन सिंहले निर्माण गरेकी हुन् ।

सुरज तामाङ र प्रवीण सिंहको कोरियोग्राफी, आईड्रिम एनिमेसनको भिएफएक्स, मनोरञ्जन श्रेष्ठको कलर, बनिष शाह, चन्दन दत्त र परिच्छेद सेनको सम्पादन, सञ्जय लामा र राजेश श्रेष्ठले छायांकन रहेको फिल्मको मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा छायांकन गरिएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x