Todays Date: २०८२ फाल्गुन ३०

अभिनेत्री नम्रता सापकोटाले सुटुक्क लगनगाँठो कसिन्

namrata sapkota 1

अभिनेत्री तथा ओशो सन्न्यासी नम्रता सापकोटा वैवाहिक जीवनमा बाँधिएकी छन् । उनले ओजस नाम गरेका युवकसँग बिहीबार लगनगाँठो कसेकी हुन् । यतिबेला काठमाडौंस्थित नम्रताको निजी निवासमा उनीहरूको विवाह समारोह चलिरहेको जनाइएको छ । विवाहमा दुई पक्षका सीमित पारिवारिक सदस्यको मात्र उपस्थिति रहेको छ ।

विवाहमा नम्रताले लालीगुराँस अंकित परम्परागत पहिरन र शिरमा शिरफूल (गहना) लगाएकी छन् भने उनका श्रीमान् शेरवानीमा ठाटिएको तस्वीरमा देख्न सकिन्छ । नम्रताले बुधबार साँझ मेहन्दी समारोहको एक तस्वीर सामाजिक सञ्जालमा पोस्ट गर्दै आफू विवाह बन्धनमा बाँधिन लागेको जानकारी गराएकी थिइन् । तर, उनले श्रीमानबारे कुनै जानकारी दिएकी थिइनन् ।

२०७८ सालमा नम्रता आफ्नो एक अभिव्यक्तिका कारण समाजिक सञ्जालमा निकै ट्रोल भएकी थिइन् । उनले अबको तीन-चार वर्षमा आफ्नो विवाह नभए बच्चा भने जन्माउने बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘म अहिले नै विवाह गर्दिनँ तर म बच्चा जन्माउन चाहिँ चाहन्छु । तीन-चार वर्षमा बिहे भएन भने म बच्चा जन्माउँछु होला । यो कुरा मेरो आमा-बुबालाई पनि थाहा छ ।’

कामको कुरा गर्दा उनी पछिल्लो पटक फिल्म ‘नम्बरी सुन’मा देखिएकी थिइन् । सन् २०१३ मा प्रदर्शन भएको फिल्म ‘अन्तराल’बाट डेब्यु गरेकी उनले अहिलेसम्म एक दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छन् । त्यसमध्ये उनको करिअरको एउटा मात्र हिट फिल्म ‘छक्का पञ्जा’ हो । यसमा उनले अभिनेता जितु नेपालको जोडी बनेर अभिनय गरेकी थिइन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x