Todays Date: २०८३ बैशाख १८

निर शाहको ‘कमला मिस’ को छायांकन सम्पन्न

kamla miss

वरिष्ठ कलाकार तथा निर्देशक निर शाह को निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘कमला मिस’ को छायांकन सम्पन्न भएको छ।

निर्माण पक्षका अनुसार फागुन १ गतेदेखि सुरु गरिएको यस चलचित्रको सम्पूर्ण सुटिङ मंगलबार सकिएको हो। लाइन प्रोड्युसर पुस्कर लामा  (प्रेम भोम्जन) का अनुसार चलचित्रको छायांकन करिब २३ दिनमा पूरा गरिएको हो। बीचमा चुनावका कारण तीन दिन छायांकन स्थगित भए पनि निर्धारित तालिकाभित्रै काम सम्पन्न गरिएको उनले बताए।

मनोवैज्ञानिक कथावस्तुमा आधारित ‘कमला मिस’ मा निर्देशक निर शाह सहित रमेश बुढाथोकी ,बासना तिमिल्सिना, , शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ ,जयन्त रेग्मी सुरेश थापा , राजन केसी र संजय खतिवडा लगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ।

चलचित्र विजय मल्ल स्मृति प्रतिष्ठानको लागि उमा मल्लले निर्माण गर्नु भएको हो । यसका कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान हुन् भने लाइन प्रोड्युसर पुष्कर लामा (प्रेम भोम्जन) रहेका छन्।चलचित्रको कथा विजय मल्लको हो। पटकथा तथा संवाद निर्देशक निर शाह र प्रजल दुलालले संयुक्त रूपमा तयार पारेका हुन् ।

 चलचित्रमा शिवराम श्रेष्ठ को छायांकन, युग भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । निर्माण व्यवस्थापन भोला सुबेदीको रहेको भने सगर बोहरा चलचित्रका मुख्य सहायक निर्देशक हुन्।

करिब दश वर्षपछि निर्देशनमा फर्किएका निर शाह नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय छन्। उहाँले यसअघि ‘वासुदेव’, ‘पच्चीस वसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’ र ‘सेतोबाघ’ जस्ता चर्चित चलचित्र निर्देशन गरिसक्नु भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x