दिल्ली एयरपोर्टको विशेष कक्षमा नाजिर हुसेनमाथि केरकार

image 7

अभिनेता नाजिर हुसेनले भारतको दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आफूमाथि बिनाकारण पटकपटक केरकार र सोधपुछ गरिएको भन्दै सार्वजनिक रूपमा आपत्ति जनाएका छन्।

भारतस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा आफ्नो चलचित्र ‘गुन्यो चोलो’को विशेष प्रदर्शनमा सहभागी भएर नेपाल फर्किने क्रममा भारतीय सुरक्षाकर्मीले आफूलाई विशेष कक्षमा लगेर अनावश्यक प्रश्न सोधेको उनले सामाजिक सञ्जालमार्फत बताएका हुन्।

हुसेनका अनुसार उनीसँगै यात्रा गरिरहेका निर्देशक समुन्द्र भट्ट र जनकदीप पराजुलीलाई सामान्य सुरक्षा जाँचपछि जान दिइए पनि आफूलाई छुट्टै कक्षमा लगेर “नेपाल किन गइरहेको?” र “कति पैसा छ?” जस्ता प्रश्न सोधिएको थियो।

उनले अघिल्लो पटक पनि यस्तै अनुभव भएको उल्लेख गर्दै यसपटक सुरक्षाकर्मीलाई आफूलाई किन विशेष जाँचमा राखिएको भन्ने प्रश्न गर्दा ‘कोही बात नहीं’ भन्ने जवाफ मात्र पाएको बताए। “यदि केही कुरा होइन भने मलाई किन यसरी रोकियो?” भन्दै उनले प्रश्न गरेका छन्।

आफ्नो पूरा नाम ‘मोहम्मद नाजिर हुसेन’ भएकाले नाम वा पहिचानकै कारण आफू बारम्बार यस्तो व्यवहारको सिकार भएको हुन सक्ने आशंका पनि उनले व्यक्त गरेका छन्। यदि त्यस्तो हो भने त्यो गलत भएको र नभए स्पष्ट कारण दिनुपर्ने उनको भनाइ छ।

पासपोर्ट स्क्यान गरेपछि यात्रुबारे आवश्यक विवरण प्रणालीमै उपलब्ध हुने अवस्थासमेत रहेकाले दोस्रो पटक पनि यस्तै केरकार हुनु दुःखद र गम्भीर विषय भएको उनले उल्लेख गरेका छन्।

यस घटनाको वास्तविक कारण सार्वजनिक गर्न आग्रह गर्दै उनले नेपाल सरकार, परराष्ट्र मन्त्रालय, काठमाडौँस्थित भारतीय दूतावास तथा चलचित्र विकास बोर्डको ध्यानाकर्षण गराएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x