
मदन थापा निर्देशित थ्रिलर सिनेमा ‘बाटोः रोड टु डेथ’ आजबाट प्रदर्शनमा आएको छ ।
नेपाली, तमिल, तेलुगु र हिन्दी गरी चार भाषामा बनेको फिल्ममा लेखन र सम्पादन पनि निर्देशक स्वयंको छ ।
नेपाली फिल्मको गुणस्तरलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रयास आफूले गरेको निर्देशक थापाले बताएका छन् ।
निर्देशक थापाका अनुसार फिल्ममा एक दिनको यात्रामा घट्ने घटनाको कथा छ । काठमाडौंबाट धरानसम्म यात्रा गर्दा घट्ने घटना फिल्ममा समेटिएको छ ।
एक्सन, थ्रिल, सस्पेन्सलगायत, इमोसन सबै पक्ष फिल्ममा समेटिएको निर्माण पक्षले जनाएको छ ।
नेपाली दर्शकले नेपालीफिल्ममा साउथ इन्डियन थ्रिलर सिनेमाको अनुभूति गर्ने निर्देशक मदन थापाले बताएका छन् ।
चार करोड लगानी रहेको भनियको फिल्मको अधिकांश छायांकन गाइघाटमा भएको हो ।
फिल्ममा मिथिला शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, पशुपति राई, किरण शाही, गणेश उपाध्याय, आभास अधिकारी, राजेन थापा, विजय आनन्द ताम्राकार, आशान्त शर्मालगायत कलाकारको अभिनय छ ।