Todays Date: २०८३ बैशाख ९

‘सानुमाया’मा मिरुनाको प्रेम र करियरबीचको संघर्ष

DSC00262

भिजुअल आर्ट्स स्टुडियो र टौवा स्टुडियोको सहकार्यमा निर्माण भएको ‘सानुमाया’ म्युजिक भिडियो सार्वजनिक भएको छ।

यो भिडियोले भुटानी नेपाली समुदायको सांस्कृतिक पृष्ठभूमिमा आधारित प्रेमकथा मार्फत पहिचान, संघर्ष र प्रेमका गहिरा भावनाहरूलाई प्रस्तुत गरिएको छ।

पहिचानको अभाव, प्रेम र करियरबीचको द्वन्द्व, र सामाजिक संघर्षलाई भावनात्मक रूपमा उजागर गरेको ‘सानुमाया’ म्युजिक भिडियोले भुटानी नेपाली समुदायको सांस्कृतिक महत्त्व र समाजभित्रको गहिराइलाई कलात्मक रूपले प्रस्तुत गर्ने प्रयास गरेको छ।

लेखक तथा निर्देशक विवेक रसाइलीद्वारा निर्देशित भिडियोमा मिरुना मगर, दीपक रसाइली र प्रेम सुब्बालाई फिर्चड गरिएको छ । मिरुनाको पात्रले आफ्नो प्रेम र करियरबीचको संघर्षलाई झल्काउँछ, जसले समाजमा पहिचान नभएको अवस्थाबाट उत्पन्न हुने द्विविधा र कठिनाइलाई चित्रण गर्छ।

मिरुना मगरले भुटानी नेपाली समुदायकी एक महिलाको भूमिका निर्वाह गरेकी छिन्, जो आफ्नो करियर र आफ्नो प्रेमबीच छनोट गर्नुपर्ने अवस्थामा छन्। उनको पात्रले पहिचानको अभावले ल्याउने सामाजिक दबाब र व्यक्तिगत द्वन्द्वलाई जीवन्त रूपमा पर्दामा उतारेको छ।

‘सानुमाया’ ले भुटानी नेपाली समुदायको सांस्कृतिक परम्परा, प्रेम, र पहिचान गुमाउनुपर्ने परिस्थितिलाई भावुक तर प्रभावकारी रूपमा प्रस्तुत गरेको छ । गीतमा समेटिएका कथा र सांगीतिक संयोजनले दर्शकलाई पात्रहरूको भावनामा डुबाउन मद्दत गर्छ।

राम अविरल विष्ट गीतकार रहेको सार्वजनिक गीतमा एसडी योगी र विज्ञानी पराजुलीको आवाज रहेको छ । एसडी योगी संगीतकार रहेको गीतमा सागर खड्काको मिक्सिङ र मास्टारिङ, बिक्रम थापाको संगीत संयोजन छ ।

विजय बस्याल कार्यकारी निर्माता रहेको भिडियोका रेजोन थापा मुख्य सहायक निर्देशक र उज्ज्वल जोशी छायाकार हुन् ।

‘सानुमाया’ म्युजिक भिडियो भिजुअल आर्ट्स स्टुडियोको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x