Todays Date: २०८३ बैशाख १०

‘जारी २’ असोज ३ गतेदेखि विश्वभर प्रदर्शन हुने

image 3

आगामी असोज ३ गते अर्थात् संविधान दिवसको विदामा एउटै समुदायको कथामा बनेका दुई फिल्मबीच भिडन्त हुने भएको छ । ती फिल्म हुन्, ‘सोल्टिनी’ र ‘जारी २’ । अर्जुन सुवेदीको निर्देशनमा बनेको ‘सोल्टिनी’ले ६ महिनाअघि नै असोज ३ गतेलाई प्रदर्शन मिति घोषणा गरेको थियो । ‘जारी २’को भने शुक्रबार तीनवटा पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी गराइएको हो ।

सार्वजनिक तीन पोस्टरमध्ये दुईवटामा फिल्मका मुख्य जोडी दयाहाङ राई र मिरुना मगरलाई देख्न सकिन्छ । लिम्बू पहिरनमा प्रस्तुत भएका उनीहरु फिल्ममा श्रीमान्-श्रीमतीको भूमिकामा छन् । अर्को पोस्टरमा दयाहाङ र मिरुनासहित विजय बराल र बुद्धि तामाङलाई अटाइएको छ । तीन पोस्टरले फिल्मको कथा लिम्बू संस्कृतिमा आधारित रहेको प्रष्ट पार्छ ।

कवि उपेन्द्र सुब्बाको निर्देशनमा बनेको फिल्ममा ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई, सिर्जना निङ्लेखु लगायतको पनि अभिनय रहेको छ । बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माताहरु रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ हुन् ।

निर्देशक सुब्बा स्वयंको लेखन रहेको फिल्ममा सञ्जय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, उत्तम न्यौपानेको साउन्ड डिजाइन, कोविद बज्रचार्यको ब्याकग्राउन्ड स्कोर र राजेन्द्र मोक्तानको रंग संयोजन छ । २ वर्षअघि ‘जारी’ले उत्कृष्ट प्रतिक्रिया प्राप्त गर्दै बक्स अफिसमा सानदार कमाइ गरेकाले यसको सिक्वेल पनि सफल हुने निश्चित प्रायः छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x