Todays Date: २०८३ जेष्ठ १२

आन्दोलनको क्रममा सुटिङ भइरहेका फिल्म पनि रोकिए

1757756369 Flim11 1200x560 1

जेन-जीको प्रदर्शनपछि उत्पन्न परिस्थितिले सबै क्षेत्रलाई प्रभाव पार्‍यो ।

ठूलो राजनीतिक परिवर्तन भयो, देशभर धेरै जनधनको क्षति भयो । धेरै घाइते भए । देशलाई सामान्य अवस्थामा ल्याउन कर्फ्यू नै लागू गर्नुपर्‍यो ।

यो असरले फिल्मी क्षेत्र पनि टाढा हुन सकेन । जेन-जी समूहको प्रदर्शन र त्यसपछि जारी कर्फ्यूका कारण विभिन्न क्षेत्रहरूसँगै फिल्म क्षेत्र पनि प्रभावित बने । चलिरहेका फिल्म रोकिए । फिल्म हल नै बन्द गर्नुपर्‍यो ।

गत भदौ १३ गते घोषणा गरिएको दिनेश राउत निर्देशित फिल्म ‘कुमारी’को काठमाडौं आसपासमा भइरहेको सुटिङ रोकिएको छ ।

फिल्मको छायांकन रोकिँदा निर्माण अवधि बढ्ने भएकाले लगानी पनि बढ्दछ । फिल्मका मिडिया संयोजक जीवन पराजुलीका अनुसार केही दिन रोकिँदा लगानी पनि केही बढ्ने स्थिति छ । अब यो साताबाट फिल्म पुनः फ्लोरमा जाने उनले बताए । दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘क्याप्टेन साब’ छायांकनको अन्तिम चरणतिर थियो । तर आन्दोलनका कारण बाँकी सुटिङ केही प्रभावित भएको छ ‌।

केही समय रोकिएको भएपनि चाँडै सुरु गर्ने अभिनेता खगेन्द्र लामिछानेले बताए ।

फिल्म ‘३६ को आँकडा’ पनि आन्दोलनकै कारण स्थगित भयो । अभिनेत्री पूजा शर्माका अनुसार यो फिल्मको पनि बाँकी सुटिङ बारे चाँडै डिसिजन हुन्छ ।

मरिचमान श्रेष्ठ (बल्छी धूर्वे)ले निर्देशन गरेको फिल्म ‘गोबर गणेश’ पनि रोकिएको छ । चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’, लक्ष्मण रिजाल निर्देशित ‘काजी’, अर्जुन घिमिरे निर्देशित ‘झरी पछिको इन्द्रेणी’, रामकृष्ण ढकालको ‘मालती मंगले’ लगायतका फिल्मका सुटिङ पनि प्रभावित बनेका छन् ।

प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्ति भएसँगै राजनीतिक गतिरोध अन्त्य हुने र फिल्म निर्माण क्षेत्रले गति लिने अपेक्षा गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x