Todays Date: २०८३ जेष्ठ १८

News

image 8

‘सुख दुःख’अघि ‘पार्वती’ बनाउँदै नीता, माघ १ गते रिलिज हुने

अभिनेत्री नीता ढुंगानाले गत महिना आफ्नो निर्देशनमा बन्ने गरी फिल्म ‘सुख दुःख’को घोषणा गरेकी थिइन् । अर्को वर्षको दशैंको फूलपातीलाई फिल्मको प्रदर्शन मिति पनि तय भइसकेको छ । तर, नीताले यो फिल्मभन्दा अगाडि अर्को फिल्म बनाउने भएकी छन् । जनै पुर्णिमा र रक्षा बन्धनको अवसरमा निता फिल्म्सको प्रस्तुति नेपाली फिल्म ‘पार्वती’ बन्ने घोषणा गरिएको हो […]

‘सुख दुःख’अघि ‘पार्वती’ बनाउँदै नीता, माघ १ गते रिलिज हुने Read More »

image 7

‘कोहिनूर’पछि अब ‘सुख दुःख’ खेल्दै बलिउडका दीपराज

सन् २००२ मा भारतीय फिल्म ‘साथिया’ मा मार्फत बलिउडमा सहायक अभिनेताका रूपमा चर्चा पाएका अभिनेता दिपराज राणाले नेपाली फिल्म ‘सुख दुःख’मा अभिनय गर्ने भएका छन् । उनलाई अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको टिमले अनुबन्ध गरेको हो । ‘सिंघम रिटर्न्स’, ‘प्रेम रतन धन पायो’, ‘दबङ ३’, ‘मेट्रो इन दिनो’, ‘बिल्ली उस्ताद’ र ‘सितारे जमीन पर’

‘कोहिनूर’पछि अब ‘सुख दुःख’ खेल्दै बलिउडका दीपराज Read More »

Pashupati Sharma

लोकप्रिय गायक पशुपति शर्मा कार दुर्घटनामा, अवस्था सामान्य

लोकप्रिय लोकगायक पशुपति शर्मा सवार कार बुधबार स्याङ्जामा दुर्घटनामा परेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत भीरकोट नगरपालिका–२ मा उनी सवार ग १ च ४१७१ नम्बरको कार अनियन्त्रित भई कल्भर्टमा ठोक्किन पुग्दा शर्मा सामान्य घाइते भएका छन् । सांगीतिक कार्यक्रमका लागि पोखराबाट वालिङतर्फ जाने क्रममा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । दुर्घटनामा गायक

लोकप्रिय गायक पशुपति शर्मा कार दुर्घटनामा, अवस्था सामान्य Read More »

image 6

‘बलिदान’ को कलाकारमा निर्देशक सन्तोष पनि, ४ पात्रहरूको क्यारेक्टर पोस्टर सार्वजनिक

यसपालिको दशैंको फूलपाती अर्थात् असोज १३ गतेबाट प्रदर्शनमा आउन लागेको सन्तोष सेन निर्देशित फिल्म ‘बलिदान’ले आफ्नो प्रचार अभियानलाई थप सशक्त बनाउँदै बुधबार चार मुख्य पात्रको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा फिल्मका कलाकारहरु अर्पण थापा, ऋचा शर्मा, हेमन्त बुढाथोकी र सन्तोष सेनलाई आ-आफ्नो पात्र लुक्समा देख्न सकिन्छ । पोस्टरमा ऋचा पछ्यौरा ओढेर रिसाहा भावमा

‘बलिदान’ को कलाकारमा निर्देशक सन्तोष पनि, ४ पात्रहरूको क्यारेक्टर पोस्टर सार्वजनिक Read More »

IMG 2376

५६ दिनमा सकियो सुशील र अञ्जनाको ‘परिवर्तन’को छायांकन

नेपालको सीमा सुरक्षा र गरिब-दुःखी जनताको पीडालाई कथानक बनाएर निर्माण भएको फिल्म ‘परिवर्तन’को छायांकन झन्डै दुई महिनामा सकिएको छ । निर्माता दीपक सिवाकोटीले ५६ दिनमा फिल्मको दुई गीतसहित अन्य दृश्यहरूको छायांकन सोमबार सकिएको जानकारी दिए । उनका अनुसार एक राष्ट्रिय गीत र एक लोकगीत भने अझै खिच्न बाँकी छ । विजय केरुङको निर्देशनमा तयार भएको

५६ दिनमा सकियो सुशील र अञ्जनाको ‘परिवर्तन’को छायांकन Read More »

Saugat Malla

‘जहाजैमा’बाट किन बाहिरिए सौगात ?

कृषा चौलागाईंले निर्देशन गर्ने चलचित्र ‘जहाजै’बाट अभिनेता सौगात मल्ल बाहिरिएका छन् । चलचित्रबाट बाहिरिएसँगै सौगातले एड्भान्स रकम पनि निर्माण पक्षलाई फिर्ता दिएका छन् । जापान, फिलिपिन्स र नेपालमा खिचिने फिल्मका लागि मुख्य कलाकारको लाइनअप पनि लगभग तयार भइसकेको ‘जहाजैमा’मा केदारप्रसाद घिमिरे ‘माग्ने बूढा’, कार्म, जापानी फिल्ममा अभिनय गर्दै आइरहेकी फिलिपिनो अभिनेत्री रुजेल इचिमिया लगायतको अभिनय

‘जहाजैमा’बाट किन बाहिरिए सौगात ? Read More »

miruna janai

दोस्रो हिटको ह्याट्रिक दाउमा मिरुना

नेपाली चलचित्र उद्योगमा मिरुना मगरलाई भाग्यमानी नायिका भने पनि हुन्छ । किनकी तुलनात्मक रूपमा उनका चलचत्र असफलभन्दा पनि सफल धेरै छन् । सुरुवाती वर्षाका केही चलचित्रलाई छोड्ने हो भने जब उनी स्थापित भइन्, लगातार हिट चलचित्र दिइन् । ‘कबड्डी–४ फाइनल म्याच’, ‘जारी’ र ‘नाङ्गो गाउँ’ उनका हिट सिनेमा हुन् । यी तीन सिनेमाले हिटमा ह्याट्रिक

दोस्रो हिटको ह्याट्रिक दाउमा मिरुना Read More »

paul shah chitwan 2

‘मोहर’लाई ‘पीजी’ सर्टिफिकेट, देश दौडाहामा पल

शुक्रबार अर्थात साउनको २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’को प्रचारप्रसारमा नायक पल शाह दौडिरहेका छन् । नायक शाह फिल्मको प्रचारका क्रममा चितवन पुगेका छन् । चितवनमा आयोजना भएका विभिन्न कार्यक्रममा उनी सहभागी भए । उनले, चितवनको म्याङ्गो हल, पर्सामा आयोजित एक कार्यक्रममा दर्शकहरुसँग साक्षात्कार गरे । फिल्मको गीतमा समेत पल र दर्शक नृत्य गरेका

‘मोहर’लाई ‘पीजी’ सर्टिफिकेट, देश दौडाहामा पल Read More »

image 4

‘परालको आगो’मा जितुको ठाउँमा भित्रिए सौगात

कथाकार गुरु प्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’मा आधारित रहेर तयार हुन लागेको फिल्म ‘परालको आगो’मा नायक सौगात मल्ल भित्रिएका छन् । फिल्मको टिमले उनीसँग बिहिबार औपचारिक रुपमा कागजी संझौता गरेको हो । फिल्ममा सौगात ‘जुठे दमाई’को भूमिकामा देखिदैछन् । यसअघि यो भूमिकामा कलाकार जितु नेपालले काम गर्ने पक्का भएको थियो । तर, निर्माण टिमसँग

‘परालको आगो’मा जितुको ठाउँमा भित्रिए सौगात Read More »

image 3

‘जारी २’ असोज ३ गतेदेखि विश्वभर प्रदर्शन हुने

आगामी असोज ३ गते अर्थात् संविधान दिवसको विदामा एउटै समुदायको कथामा बनेका दुई फिल्मबीच भिडन्त हुने भएको छ । ती फिल्म हुन्, ‘सोल्टिनी’ र ‘जारी २’ । अर्जुन सुवेदीको निर्देशनमा बनेको ‘सोल्टिनी’ले ६ महिनाअघि नै असोज ३ गतेलाई प्रदर्शन मिति घोषणा गरेको थियो । ‘जारी २’को भने शुक्रबार तीनवटा पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी

‘जारी २’ असोज ३ गतेदेखि विश्वभर प्रदर्शन हुने Read More »

Scroll to Top